शुक्लागण्डकीलाई गार्डेन सिटी बनाउँछु – उपाध्याय


आगामी बैशाख ३१ हुने पहिलो चरणको स्थानिय तहको निर्वाचनको माहोल  अहिले गाउँ, शहर, सार्वजनिक स्थल, होटल, चौतारामा र यात्रा गरिरहेका यात्रुहरुले राम्रै  चर्चा गरिरहेको पाइन्छ । २० वर्ष नेपालीहरुले स्थानिय प्रतिनिधिहरु छनौट गर्ने मौका पाई रहेको छन् । तर लामो समय पछि निर्वाचन हुने भए पछि उम्मेद्वारहरु पनि धेरै देखिए तर निर्वाचन आयोगले आधिकारिक उम्मेदवारको टुङ्गो लगाए पछि अहिले विभिन्न राजनितिक दलका नेता कार्यकर्ता, उम्मेद्वारहरु घर दैलो कार्यक्रमको आयोजना गरी आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै  हिडेको देखिन थालेको छ । 
यस्तै यता शुक्लागण्डकी नगरपालिकामा पनि स्थानियहरु कुन पार्टीको उम्मेदवारसँग नगर विकासका लागी स्पष्ट योजना रहेको भन्ने कौतुहलता भएको छ । हामीले यसै विच नेकपा एमालेमा २०३४ साल देखि निरन्तर रुपमा लागेर विभिन्न राजनितिक उतार चढावहरुमा भोगेकोकानेकपा एमालेका तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरका लागी उम्मेद्वार रामचन्द्र उपाध्यायसँगनगर विकासको लागी भएका योजना र स्थानिय निर्वाचनलाई लक्षित गरि तनहुँ खबरले कुराकानी गरेको छ । 

१. नेकपा एमालेलाई शुक्लागण्डकी नगरपालिकाको नेतृत्वमा ल्याउन किन आवस्यक  छ  ?

नेकपा एमाले विकासको राम्रो भिजन सहित जनताको विचमा आईरहेको छ । स्थानिय निर्वाचन मार्फत चुनिने नेतृत्व भनेको कुनै  राजनितिक नेतृत्व नभएर विकास गर्ने नेतृत्व भएको कारणले समृद शुक्लागण्डकी निर्माणको लागी हाम्रो निति, विचार र कार्यक्रम अहिलेको अवस्थामा जनताकाको बिचमा लैजान सक्यौँ भने शुक्लागण्डकी नगरपालिकाको अहिलेको अवस्थाबाट हामीले फड्को मार्न सक्छौँ । यहाँ कम्तीमा पूर्वाधार निर्माणको चरणमा हामी प्रबेश गरेका छौँ यसलाई हामी विकासशिल रुपमा अगाडी बढाउनको लागी प्रयत्नरत हुने हुनाले नगरको नेतृत्व गर्ने अवशर नेकपा एमालेको हातमा आउनु पर्छ । यस अर्थमा यस नगरलाई समृद र नगरबासीहरुलाई सुखी बनाउने नाराको साथमा हामी आएका छौ ।

२. समृद्ध नगरपालिका बनाउनको लागी के छन् तपाई सँग योजनाहरु  ?

यहाँ झण्डै ९ सय किलोमिटर कच्ची सडकहरु रहेको छन् हामी प्रत्येक वर्ष १ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने योजनाका साथमा आएका छौँ । ति सडकहरु प्रत्येक वडासेवा केन्द्रबाट नगरपालिकाको मुख्यालयमा आउने आउने सडकहरु रहनेछन् । भने अन्य सडकहरुलाई पनि पक्की रुपमा निर्माण गर्ने हाम्रो योजना रहेकोछ । सेति नदी नगरपालिकाको बिच भागमा रहेको छ हामी कम्तीमा पाँच वर्षमा ३ वटा दुलेगौडा  र ढोरफिर्दी जोड्ने पुलहरु निर्माणको लागी जोड दिने छौ । हाम्रो नगरलाई ब्यवस्थीत बनाउनको लागी यहाँका अब्यवस्थीत बसोबासीहरुलाई ब्यवस्थित बनानउको लागी पहिलो प्राथमिकता हुने छ । यहाँका खोला जन्य पदार्थहरु ढुङ्गा,गिटी, बालुवा लगायतका नदी जन्य उद्योगहरुलाई वातावरणिय प्रतिकुलतालाई मध्ये नजर गर्दै परिचालन लागी बढवा दिनेछौ भने लघु उद्योगहरुलाई निजी क्षेत्र सँग साझेदारी गरेर एक घर एक रोजगारको रुपमा अगाडी बढिने छ  ताकी अहिले खाडीमा न्यून तलवमा काम गर्न जाने युवाहरु  पारिवारसँग बसेर आफ्नै नगरको विकासका लागी लाग्नेछन् । शुक्लागण्डकी नगरपालिकाका ८ वटा स्थानहरुलाई आर्थिक केन्द्रको रुपमा विकास गर्नको लागी लागि पर्ने छौ भने कोत्रे, दुलेगौडा साँखे, खैरेनीटार, ढोरफिर्दी लगायतका  ठाँउहरु गार्डेन सिटी अफ शुक्लागण्डकी नगरपालिकाको रुपमा अगाडी बढाउनेछौँ । यसकारण अन्य दलले कुरा गरेर टार्ने छ भने नेकपा एमालेले काम गरेर देखाउने भएकाले पनि यस पटक नेकपा एमालेलाई बिजयी गराउनको लागी नगरबासीहरुले साथ दिनुहुनेछ।

३. यस  नगरको मुख्य समस्या फाहोर मैला ब्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य सम्भावनाहरुलाई विकासमा परिणत गर्ने योजना छैन ?
नेकपा एमालेको नेतृत्वमा निर्वाचन भएको ६ महिना देखि १ वर्ष सम्ममा डम्पिङ्ग साइडको ब्यवस्था गरिनेछ । र २ वर्षभित्रमा मल्टी परपोज ल्याण्डफिल्ड साईडको परिकल्पना हामीले गरेकाछौ जहाँ बाट अन्य घरेलु उपयोगमा समेत काम लाग्ने वायो ग्याँसहरु समेत निकाल्न सकिने भएकाले केही संघ संस्थाहरुसँग समन्वय गर्न सकिने सम्भावना छ । म पनि केही यस्ता क्षेत्रमा काम गर्ने सस्थाहरु सम्वन्धित छु जुन सस्थाहरु यस्ता कार्यका लागी सकरात्मक रहेकाछन। अव रह्यो कुरा स्वास्थ्यको नगरपालिकामा स्वास्थ्यको लागी सम्पूर्ण जिम्मा आउने भएकाले हामीले वडा केन्द्रित वर्थिङ्ग सेन्टर सहितको शहरी स्वास्थ्य केन्द्रको अवधारणा बनाएका छौँ जुन पुरा हुनेछ ।प्रत्येक वडाहरुमा एम्बूलेन्स इन्टरनेटको सुविधा पु¥याइने छ । यता शिक्षाका लागी १२कक्षासम्मको   शिक्षाको अबधारणालाई अगाडी बढाएर यस नगरलाई शैक्षिक र स्वास्थ्य हवको रुपमा विकास गर्नेछौ । हामी महानगरको नजिकै रहेको नगरपालिका भएकाले पनि प्रतिष्पर्धाको रुपमा विकास गर्नको लागीको सक्षम रहेको छौ ।

Loading...
Copy
४. यहाँका खानी पर्यटकिय सम्भावनाहरुलाई विकासमा कसरी परिणत गर्नुहुन्छ ?

हाम्रो नगरपालिका  रहेको तामा  खानी,फलामखानी र रक  गार्डेनहरुलाई ब्यवस्थीत गर्नसकेको खण्डमा हामीलाई फाइदा पुग्नेछ  ।नदी   र नदी जन्य उद्योगहरुलाई पनि  हामीले बढवा दिनेछौँ यो सवै कार्य हामीले गर्न सक्यौँ भने यहाँको आर्थिक स्थिती बढाउन सम्भव रहेको छ । पार्टीको निती अनुसार आगामी ५ वर्ष भित्रमा प्रतिब्यक्ति आम्दानी ५ हजार डलर पु¥याउनको लागी आर्थिक उपार्जनका कार्य गर्नै पर्ने बाध्यता हामी सँग रहेको छ ।यसका लागी यहाँका उद्योग धन्दा लगायत निजी क्षेत्र सँग समन्वय गरेर आर्थिक रुपमा फड्को मार्ने रणनितिका साथमा हामीले कार्य गर्ने छौ । यस क्षेत्रको सम्भावनाहरुलाई अव को ५ वर्ष भित्रमा नगरबासीहरुले अनुभूती गर्ने गरी हामी विकासमा परिणत गर्ने छौँ । 

५. सम्भावनालाई विकासमा परिणत गर्नको लागी तपाई सँग स्पष्ट मार्ग दर्शन के छ ?

चुनौताीहरुलाई सामाना गरेर विकास गर्नको लागी म सँग अनुभव रहेको छ । म स्थानिय निकायमा बसेर काम गरेको छु । मैले एक कार्यकाल साबिक खैरेनीटार गाविसका उपाध्यक्ष भएर विकासको कामहरुमा सँलग्न रहेको  छु भने जिल्ला विकास समितिको सदस्य समेत रहेर काम गरेको अनुभव म सँग रहेको छ । म लामो समय सम्म विकास निर्माणका कार्यमा कतै न कतै बाट जोडिएको हुनाले पनि यहाँको खाने पानीको समस्या समाधान गर्नको लागी अव को ३ वर्ष पनि धेरै हुन्छ किनकी मैल सर्वे गरेको छु । यहाँको सडकहरुलाई प्राथमिकताको साथमा रकम तोक्ने हो भने ५ वर्ष भित्रमा आधुनिक र सुविधा सम्पन्न सडकको उपभोग गर्न सक्छौ । यस कारण नेकपा एमालेको योजना र कार्यक्रमहरु मेरा अनुभवले कार्यन्वयन गर्न सक्छु ।

६. शुक्लागण्डकी नगरपालिकामा अहिले के के चुनौतीहरु देख्नु भएको छ ?

सवै भन्दा पहिलो नगरपालिकामा रहने नगरवासीहरुको कार्य क्षमता अभिबृद्धी चुनौतीका रुपमा रहेको छ । यहाँ सवैको औषत कार्य क्षमता समान नरहेकाले आफुले आफैलाई विकास गर्नु पर्ने कुरा मुख्य चुनौतीको रुपमा रहेको छ । यहाँ हामी भौतिक पूर्वाधारलाई मात्र विकास ठान्ने गरेको छौँ तर यसको साथ साथै सकरात्मक सोचलाई विकास गर्न सक्नु पर्ने हामीमा चुनौती रहेको छ । आफुले आफैलाई मुल्याङ्कन गरेर आफुले बोलेका कुराहरुलाई राम्रा छन भने त्यसलाई निरन्तरता दिने र नराम्रा कुराहरुहरुलाई त्यागेर अघि बढ्नु पर्ने पर्ने चुनौतीहरु रहेको छ । मलाई लाग्छ अर्काको आलोचना गरेर समय खेर फाल्न भन्दा नगर विकासको लागी केही योगदान दिन अघि बढ्नु पर्ने कुरालाई मैले चुनौतीको रुपमा लिएको छु । तर हामीले केही जन चेतना दिने खाका कार्यक्रमहरु सञ्चालन ग¥यौ भने यस चुनौतीहरुलाई सजिलै चिर्न सक्छौ र गर्न सक्छौ ।

७. नेकपा एमाले र तपाईको विजयीको निश्चितता के रहेका छन् ?

हामीलाई विजय बनाउनको लागी हाम्रो पार्टीमा आस्था राख्ने जनआधार नै मुख्य रुपमा लिएका छौ । एमालेसँग भिजनहरु रहेका छन् । राष्ट्रियताको विषयमा, समृद्ध नेपाल बनाउनेको लागी कुनै पात्रलाई अँकित नगरिकन सुर्य चिह्नमा मतदान गर्न आग्रह गरेका छौँ । किन भने हिजो पनि हामीले जित हासिल गरेको इतिहासकै कारणले शुक्लागण्डकी नगरपालिका बन्नको लागी सक्षम भएको हामी दावाको साथमा भन्न सक्छौ । हामी जित सँग हाम्रो निति र कार्यक्रमहरु कार्यन्वयन गरेकै कारण आज मासिक २ करोड भन्दा माथिको आन्तरिक आम्दानी गर्न सक्ने नगर बन्न सफल भएको हो । मैले फेरी दाविका साथमा भन्न सक्छु नेकपा एमालले जित हासिल गर्न सक्यो भने नगरपालिकामा भएको स्रोत र साधनको परिचालन मार्फत नै मासिक १० करोड आम्दानी गर्न सक्छौ । यस कारण पनि यो नगरमा एमालेको पक्षमा जनलहर धेरै रहेको छ यो हाम्रो जितको लागी आधार बनेको छ । बाँकी रह्यो मेरो कुरा म यस क्षेत्रका सामाजिक र आर्थिक विकासको लागी निरन्तर रुपमा अगाडी बढेको छु । मलाई नगरबासीहरुले चिन्नलाई गाह्रो छैन । म खरो रुपमा न्यायको पक्षमा उभिन सक्ने पात्र भएकै कारण र नगरको विकासको लागी निरन्तर लाग्न सक्छ भन्ने विश्वासको आधारमा मलाई मत दिनु हुनेछ र मैले चुनाव जित्छु भन्नेमा ढुक्क रहेको छु । 

८. तपाई नेतृत्वमा आएको खण्डमा प्राथमिकता  दिने ५ कार्यहरु के के हुने छ ?

म नेतृत्वमा आएको खण्डतमा यी कार्य हरु गर्ने प्रतिवद्धता गर्नछु ।
क. वडा सेवा कार्यलयहरुको स्थापना गर्ने छु । 
ख. वडा सेवा कार्यलयबाट नगरपालिका कार्यालय सम्म जोडिने सडकहरु पिच गर्ने छु ।
ग. वडा तहसम्म हाई टेक प्रविधिको प्रयोग गरि इन्टर नेट मार्फत वडाको कार्यहरु नगरपालिका बसेर हेर्न सक्ने बनाउने छु । 
घ. शिक्षा र स्वाथ्यको लागी यस नगरलाई हवको रुपमा विकास गर्नेछु । 
ङ. हरेक दशै भन्दा अगाडी सामाजिक सुरक्षा भत्तालाई दोब्वर बनाएर घरमा पु¥याउने ब्यवस्था गराउने छु ।

९. तपाई तर्फबाट नगरबासीहरुलाई के अपिल गर्न चाहानुहुन्छ ?

एमालेले जितेको खण्डमा यो एक वर्ष भित्रमा देखिने गरेर केही कामहरु गर्ने छौँ जसको लागी अत्यन्त धेरै खट्नु पर्ने हुन्छ । म पूर्णकालिन रुपमा नगरमा बसेर काम गर्ने छु । जनताले साँझ विहान जति बेलामा पनि रामचन्द्र कहाँ छ ? भनेर सोधेको बेलामा नगरपालिका छ भन्ने आभाष दिलाउने छु । कहीँ लाईनमा बसेर घण्टी बजाएर भेट्न पर्ने छैन सोझै सम्पर्कमा रहेर नगरबासीको हितमा हुने कामको लागी तल्लीन हुने छु भन्ने विस्वासका साथ सवैमा विनम्रताका साथ  नगरको समृद्धीको मार्ग खोल्नको लागी नेकपा एमालेको सुर्य चिह्नमा मतदान गरि एमालेका उम्मेदवारहरुलाई जिताउन हार्दिक अपिल गर्दछु ।  

Loading...

Loading...
Previous
Next Post »