एमाले उम्मेदवारलाई राष्ट्रकविको आशीर्वाद महानायक हमालको साथ


काठमाडौं ।
नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको आशीर्वाद रहेको छ ।
Loading...
Copy
२६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै देखिनुभएको छ । हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी हुनुभएको हो ।  उहाँले घरदैलो कार्यक्रममा सबै टोलबासीलाई हात हल्लाउँदै भोट मागेको देखिएको छ ।
त्यसैगरी, एमालेका उम्मेदवार रिमाल महाकवि घिमिरेको घरमै पुगेर आशीर्वाद माग्नुभएको छ । रिमाललाई  राम्रो गर्नु, मेरो आशीर्वाद छ, भोट पक्का  भन्नुभएको उम्मेदवार रिमालले जानकारी दिनुभएको छ ।

Previous
Next Post »