होस गर्नुहोस्, बजारमा आयो प्लास्टिकको चिनी !


चिनी हाम्रो भान्सामा दिनुहँ प्रयोग गरिने वस्तु हो । चियाका पारखिहरुका लागि त यो अनिवार्य जस्तै छ । भान्साको अनिवार्य चीज चिनी किन्दा अब होस गर्नुपर्ने भएको छ ।
किनकी बजारमा मिसावटयुक्त नक्कली चिनी आएको छ । चिनी किन्दा कतै तपाईले ठगिनु त भएको छैन । विचार गर्नुहास् नक्कली चिनी प्लास्टिकबाट बनाइएको छ । प्लास्टिक मिसाइएको चिनी भारतको कर्नाटकमा प्लास्टिक मिसिएको चिनी बजारमा विक्री वितरण भएको पाइएको छ । भारतमा यस अघि प्लास्टिकको अण्डा, चामल लगायतका खाद्य पदार्थ बजारमा आएको थियो ।
बजारमा चिनिको गेडामा प्लास्टिक मिसिएको पाइएपछि त्यहाँका अधिकारीहरुले पहिले चिसो पानिमा चिनी राखेर टेस्ट गर्न र त्यसपछि मात्रै तातो पानीमा राखे चिया बनाउन आग्रह गरेको भारतीय अनलाइन ‘वन इन्डिया डटकम’ले जनाएको छ ।
कर्नाटक सरकारले बजारमा भेटीएको नक्कली चिनीको छानिवन गरिरहेको बताइएको छ । सरकारले प्लास्टिकको टुक्राले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै सर्वसाधरणलाई सजग रहन आग्रह समेत गरेको छ ।
Loading...


Previous
Next Post »