काठमाडौं। निर्वाचन आयोगले दुई चरणमा हुने निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता प्रतिकुल हुने भन्दै सकारको ध्यानाकर्षण गराउने भएको छ।
शनिबार बसेको आयोगको बैठकले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम र बार्षिक बजेटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
सरकारले प्रस्तुत गर्ने बार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले फागुन १८ गते जारी गरेको निर्वाचन आचार संहिता दास्रो चरणको निर्वाचन अवधिभर समेत यथावत कायम रहने जनाउदै दुवै निर्वाचनको बीचमा सरकारबाट नीति तथा कार्यक्रम र बजेट ल्याउदा आचारसंहिता अनुकुल नहुने जनाएको छ। सरकारले बैशाख ३१ मा पहिलोचरण र जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको छ।


ConversionConversion EmoticonEmoticon